भुटानी शरणार्थी प्रकरण

श्रीमान् हिरासतमा हुँदा पनि भेट्न नआएकी मञ्जुको मोबाइल अफ, फेसबुक ‘डिएक्टिभ’

बुधबार सदनमा बोल्न नाम लेखाएकी थिइन । तर पति पक्राउ परेपछि उनी संसद् गइनन्। अर्को दिनदेखि उनको फेसबुक ‘डिएक्टिभ’ छ । भाइबर, ह्वाट्स एपमा पनि उनी छैनन् ।

नेपालभ्युज

श्रीमान् हिरासतमा हुँदा पनि भेट्न नआएकी मञ्जुको मोबाइल अफ, फेसबुक ‘डिएक्टिभ’

काठमाडौं। नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभाकी समानुपातिक सांसद मञ्जु खाण सार्वजनिक सम्पर्कबाहिर छिन्। पति पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउपरेलगतै उनी मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भएकी हुन् ।

प्रतिनिधिसभाकी सदस्यसमेत रहेकी मन्जुले गत बुधबार सदनको शून्य समयमा बोल्न नाम पनि लेखाएकी थिइन । तर, पति पक्राउ परेपछि उनी संसद् गइनन्। त्यसपछि उनी कता छिन् निकटस्थ एक-दुई जनाबाहेक कसैलाई थाहा छैन। अर्को दिनदेखि उनको फेसबुक ‘डिएक्टिभ’ छ । भाइबर, ह्वाट्स एपमा पनि उनी छैनन् । ११ पुसमा मन्त्री निवासबाट बाहिरिएपछि खाण दम्पति मैजुबहालमा बस्दै आएका थिए।

बालकृष्ण खाण पक्राउ परेको दुईदिन बित्दा पनि भेट्न गइनन् पत्नी मञ्जु

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरिएको प्रकरणमा मञ्जु पनि संलग्न भएको आशंका गरिएको छ। यसकारण उनी आफू पनि पक्राउ पर्ने डरले भागेको धेरैको  आशंका छ।

प्रहरीले यो ठगी प्रकरणमा खोजी तीव्र पारेपछि यसमा संलग्नहरू धमाधम फरार हुन थालेका छन्। प्रहरीले बुधबार बिहान बालकृष्णलाई पक्राउ गर्न घर पुग्दा समेत उनी कसैलाई फोन गर्छु भन्दै गएका थिए। त्यो बेलामा मन्जुलाई नै भिडिओ कल गरेको आशंका छ।

बालकृष्ण खाण पक्राउपछि कहाँ गए आरजु देउवा र मन्जु खाण ?

तर, अहिलेसम्म मञ्जुको अवस्थाबारे अन्योल नै रहेको छ। श्रीमान् प्रहरी हिरासतमा भएको तीन दिनसम्म पनि मञ्जु भेट्न गएकी छैनन् । बालकृष्णलाई भेट्न पार्टीका नेतादेखि घरपरिवारका अन्य सदस्य जिल्ला प्रहरी परिसर टेकु पुगेका छन्। श्रीमती मञ्जु भने सम्पर्कविहीन हुनुले यो घटनामा उनको संलग्नता हुन सक्ने आशंकालाई बल पुगेको छ । 

किन लुकिन मञ्जु ?

केही दिन अगाडि सामाजिक सञ्जालमा नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको अडिओ सार्वजनिक भएकाले उनी लुकेको हुनसक्ने सुरक्षाविद् एवं नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी बताउँछन्।

केही दिनअघि सार्वजनिक भएको अडिओको नजिकबाट अनुसन्धान भइरहेको प्रहरीले  बताएपछि तत्काल बच्न उनी सार्वजनिक नभएको हुनसक्ने भण्डारीको आकलन छ। उनी भन्छन्, ‘‘मञ्जुले पनि नक्कली शरणार्थी बनाउने काममा पैसा लिएको आरोप लागेको थियो। यो प्रकरणमा नाम जोडिएका सबै व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ। त्यसै भएर मञ्जु पनि बाहिर नदेखिएकी हुन सक्छिन्।’’

शरणार्थी प्रकरणस् देउवा र खाणका पत्नीले ८ करोड लिएको दाबी गरिएको अडिओ भाइरल

सार्वजनिक अडिओमा मञ्जुले २ करोड र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले ६ करोड लिएको दाबी गरिएको छ। देउवा पत्नी आरजुले भने त्यो अडिओको सत्य तथ्य जाँच गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन समेत दिएकी छिन्।

यस प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन्। नेकपा एमालेका सचिव समेत रहेका पूर्व मन्त्री टोपबहादुर रायमाझी पनि फरार छन् । प्रहरीले एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिकलाई पनि पक्राउ गर्न पूर्जी जारी गरिसकेको छ ।

सम्बन्धित  –

‘जे सोध्नु छ, यहीँ सोध्नु’ भन्दै प्रहरीलाई थर्काएपछि खाणलाई पुर्जी थमाएर पक्राउ गरियो

संगठित अपराधमा ठूला नेता पक्रन सुरू, कानुनी छिद्रबाट उम्काउने दुस्साहसमा नेतृत्वको साँठगाँठ !

आरजु राणा दिल्ली हुँदै सिंगापुर भागेकी हुन् ?  खाण पक्राउपछि किन बेचैन थिइन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved