बालकृष्ण खाण पक्राउपछि कहाँ गए आरजु देउवा र मन्जु खाण ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसकी दुई सांसदहरू आरजु राणा देउवा र मञ्जु खाण संसदमा अनुपस्थित छन्।

नेपालभ्युज

बालकृष्ण खाण पक्राउपछि कहाँ गए आरजु देउवा र मन्जु खाण ?

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसकी दुई सांसदहरू आरजु राणा देउवा र मञ्जु खाण संसदमा अनुपस्थित छन्।

११ बजे सुरु प्रतिनिधिसभा बैठक अहिले पनि चलिरहेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिने देखिएका आरजु र मन्जु दुवै केही दिनयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जुले साढे दुई करोड र ६ करोड रकम लिएको दाबी गरिएको अडिओ सार्वजनिक भएको थियो।

शरणार्थी प्रकरणस् देउवा र खाणका पत्नीले ८ करोड लिएको दाबी गरिएको अडिओ भाइरल

खाण पक्राउ परेपछि शीर्ष तीन नेता छलफलमा जुटेका छन्। अहिले सिंहदरबारमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छलफलमा छन्।

‘जे सोध्नु छ, यहीँ सोध्नु’ भन्दै प्रहरीलाई थर्काएपछि खाणलाई पुर्जी थमाएर पक्राउ गरियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved