प्रतिपक्ष दलसँग छलफल गरेर संसद् अवरुद्ध नहुने गरी अघि बढ्छौं : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

प्रतिपक्ष दलसँग छलफल गरेर संसद् अवरुद्ध नहुने गरी अघि बढ्छौं : प्रधानमन्त्री प्रचण्ड
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदलाई सुचारू गराउने विषयमा नेपाली कांग्रेससहितका प्रतिपक्ष दलहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन् ।

सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाउनुपर्ने अडानसहित कांग्रेसले संसदको हिउँदे अधिवेशन अवरूद्ध पार्दै आएको थियो ।

आगामी वैशाख २८ गतेबाट वर्षे सुरू हुने वर्षे अधिवेशन अघि नै कांग्रेसलगायतका प्रतिपक्ष दलहरूसँग छलफल गरेर त्यो समस्याको समाधान गरेर संसदलाई सुचारू गराउने प्रधानमन्त्री दाहालको भनाई छ ।

शनिवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो सम्बन्धि समस्या समाधानका लागि सत्तारूढ दलहरूबीच भईरहेको पनि जानकारी दिए ।

प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुनेगरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सुझाव दिनुपनि पार्टीका सांसदलाई निर्देशन दिएको पार्टीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

समाजमा पछि परेको दलित उत्पीडितहरूलाई माथि उकास्ने गरी बजेट ल्याउनुपर्ने भएकाले त्यसैमा केन्द्रित भएर पार्टीका सांसदहरूलाई सुझाव दिनुपर्ने दाहालले बैठकमा बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved