नक्कली शरणार्थी प्रकरण :

‘जे सोध्नु छ, यहीँ सोध्नु’ भन्दै प्रहरीलाई थर्काएपछि खाणलाई पुर्जी थमाएर पक्राउ गरियो

त्यसपछि प्रहरीले उनलाई ‘जरुरी पक्राउ पुर्जी’ थमायो। खाणलाई जानैपर्ने अवस्था आइलाग्यो। उनले अनुरोध गरे, ‘‘म तपाईंहरूको गाडीमा जाँदिन। मेरै गाडीमा जान्छु।’’ त्यसपछि प्रहरी टोलीले खाँणलाई उनकै बा.१७ च ३७३ नम्बरको गाडीमा हालेर जिल्ला प्रहरी परिसर, टेकुमा ल्यायो।

नेपालभ्युज

‘जे सोध्नु छ, यहीँ सोध्नु’ भन्दै प्रहरीलाई थर्काएपछि खाणलाई पुर्जी थमाएर पक्राउ गरियो

काठमाडौं। बुधबार बिहान ९ बजे चावहिल मैजुबहालस्थित आफ्नै घरमा थिए पूर्वगृहमन्त्री बालकृष्ण खाण। घरभित्रै केही नेताहरूसँग कुराकानी गर्दै थिए। बाहिर लबीमा केही कार्यकर्ताहरू उनलाई भेट्न प्रतीक्षारत देखिन्थे। घर परिसर शान्त थियो।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने संगठित गिरोहविरुद्ध प्रहरी अनुसन्धान गहिरिँदै जाँदा खाण पनि चैनमा थिएनन्। शीर्षस्थ राजनीतिक नेतृत्वमा बेचैनी जति बढ्दै थियो, खाण पनि अत्तिएका थिए। यसैले घरमा भेट्न आएका कार्यकर्तालाई वास्तै नगरी उनी बुधबार आफ्ना कोर टिमसँग  छलफलको तयारीमा थिए।

यत्तिकैमा खाणको घरको भेटभित्र केही मान्छेहरू पसे। ‘कार्यकर्ता आएका होलान् भन्ने ठानेर’ खाणका सहयोगीले व्यस्त रहेकाले भेट दिन नसक्ने बताए। ‘‘केही कार्यकर्ताहरू बिहानदेखि पर्खाइमै छन्। उनीहरूलाई मुस्किलले समय छुट्याइएको छ। तपाईंहरू फर्कनुहोस्,’’ खाणका सहयोगीले त्यो टोलीलाई भने।

टोलीले खल्तीबाट परिचयपत्र देखाउँदै आफूहरू प्रहरी भएको बताउँदै खाण प्रहरी कार्यालयमा जानुपर्ने बतायो। तुरुन्तै भित्र गएर सहयोगीले खाणलाई यो विषयमा जानकारी गराए।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै लाखौँ असुली गरेको गिरोहका सदस्यलाई सहयोग गरेको खुलेपछि खाणलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोली गएको थियो। सादा पोसाकका प्रहरीले खाणलाई पनि भने ‘‘बयानका लागि जानुपर्ने जानुपर्‍यो।’’

पक्राउ परेका बालकृष्ण खाणलाई भेट्न हिरासतमा नेताहरूको लर्को

झोक्किँदै खाणले जवाफ फर्काए, ‘‘जे सोध्नु छ, यहीँ सोध्नु। मेरो धेरै काम छ। म जान्नँ।’’ खाण मोबाइलमा कसैसँग बोल्न थाले। तर, प्रहरीले उनलाई उता गएपछि पनि ‘‘फोन गर्न दिने ’’ भन्दै कर गरिरह्यो। प्रहरीले धेरै कर गरेपछि खाणले उपत्यका अपराध अनुसन्धान प्रमुख डा. मनोज केसीलाई फोन लगाएर प्रतिवाद गर्दै भने, ‘‘मेरो कुनै गल्ती नै छैन। किन जाने?’’

उताबाट डा. केसीले पनि जवाफ फर्काए, ‘‘एकै छिन भए पनि बयान दिएर जानुस्। माथिको आदेश छ।’’ यति हुँदा पनि खाण प्रहरी कार्यालय जान मानेनन्। उनले सादा पोसाकका प्रहरीलाई भनिरहे ‘‘जे-जे सोध्नु छ, यहीँ सोध्नु।’’

त्यसपछि प्रहरीले उनलाई ‘जरुरी पक्राउ पुर्जी’ थमायो। खाणलाई जानैपर्ने अवस्था आइलाग्यो। उनले अनुरोध गरे, ‘‘म तपाईंहरूको गाडीमा जाँदिनँ। मेरै गाडीमा जान्छु।’’

प्रहरी पनि सहमत भयो। प्रहरी टोलीले खाँणलाई उनकै बा.१७ च ३७३ नम्बरको गाडीमा हालेर जिल्ला प्रहरी परिसर, टेकुमा ल्यायो। बाटोमा उनले पार्टी सभापति शेरबहादुर देउवादेखि शीर्ष नेताहरूसँग कुरा गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजे पनि सचिवालयले कुरा गराए। स्रोतका अनुसार उनले मंगलबारदेखि प्रधानमन्त्रीसँग भेट्न चाहिरहेका थिए।

कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले अर्को ठाउँबाट पक्राउ गरेको थियो। खाणलाई टेकु लगिएपछि उनीसँग प्रारम्भिक सोधपुछ भइरहेको छ।

उनीविरुद्ध थप अनुसन्धानका लागि बुधबार नै जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएर म्याद लिने प्रहरीको तयारी छ। म्याद लिएपछि उनीविरुद्ध विस्तृत अनुसन्धान हुने जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

२० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए। त्यसअघि नै मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ परेका थिए।

‘भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु’ भन्दै सयौं जनासँग रकम असुली गरेको आरोपमा पक्राउ परेका उनीहरूले आफूहरूलाई खाणले पनि सहयोग गरेको तथ्य प्रमाणसहित बयान दिएपछि खाण पक्राउ परेका हुन्। यो प्रकरणमा खाणसहित संगठित गिरोहका १२ जना पक्राउ परिसकेका छन्। अझै उति नै सङ्ख्यामा पक्राउ पर्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए।

आरजुदेखि बालकृष्ण खाणसम्म तानिएपछि टोपबहादुरलाई तत्काल पक्राउ नगर्न प्रहरीलाई दबाब

शरणार्थी प्रकरण: देउवा र खाणका पत्नीले ८ करोड लिएको दाबी गरिएको अडिओ भाइरल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved