नक्कली भुटानी शरणार्थी प्रकरण :

कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

नेपालभ्युज

कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। खाणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो।

यही प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन्। यता खाणलाई भने गुपचुप पक्राउ पुर्जी जारी गरेर प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी हिरासतमा रहेका सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाणको समेत नाम लिएपछि प्रहरीले पक्राउ गरेको हो ।

यही प्रकरणमा बालकृष्णकी पत्नी मञ्जु खाण समेत तानिने देखिएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जुले साढे दुई करोड र ६ करोड रकम लिएको दाबी गरिएको अडिओ सार्वजनिक भएको थियो ।

आरजुदेखि बालकृष्ण खाणसम्म तानिएपछि टोपबहादुरलाई तत्काल पक्राउ नगर्न प्रहरीलाई दबाब

सार्वजनिक अडिओमा सांसद आरजु राणा देउवा र मञ्जु खाणको आवाज नभएपनि दुइजनाबीचको संवादमा उनीहरूको नाम लिइएको छ। उनीहरूले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउने गिरोहसँग मञ्जु खाणले साढे आठ करोड लिएको दाबी गरिएको छ।

पूर्व गृहमन्त्री खाणका स्वकीय सचिव केसी पनि पक्राउ

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणबाट रकम संकलन गर्ने सङ्गठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन छन्। नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित युवाबाट रकम असुल्ने गिरोहका केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पनि पक्राउ परिसकेका छन्।

गिरोहले १ अर्ब भन्दा बढि रकम उठाएको प्रहरी अनुसन्धानमा देखिएको छ । रकम लिएर अमेरिका नपठाएपछि करिब डेढ सय जनाले प्रहरीमा उजुरी दिइसकेका छन् ।

शरणार्थी प्रकरण: देउवा र खाणका पत्नीले ८ करोड लिएको दाबी गरिएको अडिओ भाइरल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved