आरजु राणा दिल्लीहुँदै सिंगापुर भागेकी हुन् ? खाण पक्राउपछि किन बेचैन थिइन्

सामाजिक सञ्जालमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणको समेत नाम जोडिएको एक अडिओ सार्वजनिक भएको थियो।

नेपालभ्युज

आरजु राणा दिल्लीहुँदै सिंगापुर भागेकी हुन् ? खाण पक्राउपछि किन बेचैन थिइन्

काठमाडौं। ‘शेरबहादुर देउवा पत्नी आरजु राणा वीरगन्जबाट पटना र दिल्लीहुँदै सिंगापुर भागिन्’ बिहीबार साँझबाट यो पोस्ट सामाजिक सञ्जालमा भाइरल छ। ट्विटरफेसबुकका टाइमलाइनमा यी समाचार शेयर र कपि भइरहेका छन्। बिना स्रोतका समाचार समेत केही अनलाइन न्यूज पोर्टलमा देखिन्छ।

आरजु सिंगापुर भाग्न लागेको भन्ने हल्ला भने बुधबारनै सञ्जालमा थियो। अघिल्लो दिन बुधबार कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि यी हल्लाहरू आइरहेका थिए।

नक्कली शरणार्थी प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। केहीदिन अगाडि सामाजिक सञ्जालमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणको समेत नाम जोडिएको एक अडिओ सार्वजनिक भएको थियो।

बालकृष्ण खाण पक्राउपछि कहाँ गए आरजु देउवा र मन्जु खाण ?

सार्वजनिक भएको अडिओ प्रकरणलाई नजिकबाट अनुसन्धान भइरहेको प्रहरीले बताइरहँदा आरजु आफू पनि पक्राउ पर्ने डरले भागेकी हल्ला छ।

आरजु राणा सिंगापुर भागेको भन्दै फैलाइएका हल्ला ट्विटरबाट

कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवा बिहीबार हेटौँडामा थिइन्। वीरगन्जबाट बिहीबार मध्याह्न राणा सिधै हेटौंमास्थित नारायणी मलमा रहेको सामना होटलमा पुगिन्।

सामना होटलमा प्रदेश नीति तथा योजना आयोगको आयोजनामा भएको महिला सशक्तीकरणमा प्रदेश सरकारको भूमिका बारे प्रमुख अतिथि रूपमा निमन्त्रणा गरिएको थियो। त्यसपछि कान्तिराजपथमा एउटा सुपरमार्केटको उद्घाटन गरिन्।

संगठित अपराधमा ठूला नेता पक्रन सुरू, कानुनी छिद्रबाट उम्काउने दुस्साहसमा नेतृत्वको साँठगाँठ !

दुवै कार्यक्रम सकेर उनी काठमाडौं फर्किएको बताइएको छ । केही घण्टापछि बिहीबार रातितिर सामाजिक सञ्जालमा आरजु त्यहाँबाट भारतको पटना गएको र दिल्लीहुँदै सिंगापुर भागेको चर्चा सुरु भयो। यस विषयमा नेपालभ्युजले आरजुको केही निकटवर्तीसँग सम्पर्क गर्दा उनीहरूले मिथ्या सूचना सञ्जालमा भाइरल भएको बताए।

बिहीबार हेटौँडाको कार्यक्रममा आरजु राणा

ती व्यक्ति भन्छन्, ‘‘आरजु भाग्नुपर्ने कारण छैन। शरणार्थी प्रकरणमा उहाँको कुनै संलग्नता छैन। खाएको विष पो लाग्छ। नखाएको पनि लाग्छ त ? हुँदै नभएको विषयमा उहाँलाई बदनाम गर्न चरित्र हत्या गरिएको छ। उहाँ काठमाडौं आइसक्नुभयो। नेपालमै रहेको मान्छेलाई बेकारमा चरित्र हत्या भइरहेको छ।’’

‘जे सोध्नु छ, यहीँ सोध्नु’ भन्दै प्रहरीलाई थर्काएपछि खाणलाई पुर्जी थमाएर पक्राउ गरियो

किन बेचैन देखिन्थिन् ?

पूर्वगृहमन्त्री खाण पक्राउपछि आरजु चैनमा थिइनन्। उनको त्यो अवस्था बिहिबार प्रस्ट देखिन्थ्यो। उनी नारायणी मलमा रहेको सामना होटलमा कार्यक्रममा समेत निरन्तर मोबाइलमा व्यस्त थिइन्।

सार्वजनिक कार्यक्रममा सहभागी हुँदा समेत फोनमा कुरा गर्ने र म्यासेज गरिरहेकी देखिन्थिन्। कान्तिराजपथमा सुपरमार्केटको उद्घाटनमा समेत उस्तै गतिविधिमा व्यस्त थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved