बालकृष्ण खाण पक्राउ परेको दुईदिन बित्दा पनि भेट्न गइनन् पत्नी मञ्जु

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न पत्नी मञ्जु अझै गएकी छैनन्। पक्राउ परेलगत्तै सम्पर्कविहीन भएकी उनी २ दिनसम्म भेट्न नगएकी हुन्। बालकृष्णलाई भेट्न उनका परिवारका अरू सदस्य र सहयोगी गएका छन्।

नेपालभ्युज

बालकृष्ण खाण पक्राउ परेको दुईदिन बित्दा पनि भेट्न गइनन् पत्नी मञ्जु

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न पत्नी मञ्जु अझै गएकी छैनन्। पक्राउ परेलगत्तै सम्पर्कविहीन भएकी उनी २ दिनसम्म भेट्न नगएकी हुन्। बालकृष्णलाई भेट्न उनका परिवारका अरू सदस्य र सहयोगी गएका छन्।

खाण पक्राउ परेको खबर पाउनेबित्तिकै ललितपुरस्थित निवासमा रहेकी पत्नी मञ्जु मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भएकी हुन्। उनको ९८४१ -२९७*** नम्बर अफ छ।

पूर्वगृहमन्त्री खाण भने चाबहिल मैजुबहालस्थित कांग्रेस नेता कान्छाराम तामाङको घरबाट पक्राउ परेका थिए। पति खाण पक्राउ परेलगत्तै मञ्जु आफूपनि पक्राउ पर्न सक्ने डरले सम्पर्कविहीन भएको स्रोतको दाबी छ।

मञ्जुलाई पनि नक्कली शरणार्थी बनाउने काममा पैसा लिएको आरोप लागेको छ। केही दिनअघि सार्वजनिक अडिओमा मञ्जुले २ करोड र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले ६ करोड लिएको दाबी गरिएको छ। देउवा पत्नी आरजुले भने अडिओको सत्यता जाँच गर्न माग गर्दै प्रहरीको साइबर ब्युरोमा निवेदन समेत दिएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved