‘ए’ डिभिजन लिग : मछिन्द्रले संकटालाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : मछिन्द्रले संकटालाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा साविक विजेता मछिन्द्रले संकटालाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

मछिन्द्रका लागि देवेन्द्र तामाङ, आफिज ओलावाले र विमल घर्ती मगरले गोल गरे। संकटाका लागि जुनियर एनकेनुगुएले गोल फर्काए।

खेलको चौथो मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। ६९औँ मिनेटमा ओलावालेले मछिन्द्रको लागि दोस्रो गोल गरे। ७८औँ मिनेटमा संकटाले गोल गर्दै खेललाई २–१ मा पुर्‍याए। ८९औँं मिनेटमा विमलले मछिन्द्रको लागि तेस्रो गोल गरे।

१४ खेलबाट २१ अंक जोडेको मछिन्द्र पाँचौं स्थानम उक्लिएको छ। १४ खेलबाट १६ अंक जोडेको संकटा ११ औँ स्थानमा छ।

यस्तै, च्यासल रंगशालामा भएको एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीचको खेल भने १–१ गोलको बराबरीमा सकियो।

५७औँ मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। इन्ज्युरी समयमा भने एडमा डोम्बियाले एपीएफको लागि गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved