उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

नेपालभ्युज

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उनी अहिले जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका छन् ।

प्रहरीले मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो। राईमाथि तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा विभिन्न कारणले छुटेका भुटानी शरणार्थीको सूचीमा अरुको नाम थपेर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।

बादल गृहमन्त्रीबाट हटेपछि बालकृष्ण खाँण गृहमन्त्री भए, उनकै जोडबलमा पाण्डेलाई गृह सचिव बनाइएको थियो । पाण्डेमाथि पनि शरणार्थी भनेर अमेरिका पठाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved