जापान र क्यानाडामा ‘सहायक श्रीमान्’ लाई एकसाथ पुरस्कार

नेपालभ्युज

जापान र क्यानाडामा ‘सहायक श्रीमान्’ लाई एकसाथ पुरस्कार

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले जापान र क्यानाडामा आयोजित चलचित्र महोत्सवमा एकैसाथ अवार्ड जितेको छ ।

गणेश पाण्डे निर्देशित वृतचित्रले जापानको क्युशु सहरमा सम्पन्न पाँचौँ मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिभलमा ब्रोन्ज अवार्डअन्तर्गत एक हजार अमेरिकी डलर बराबरको रकम जितेको हो । सोही महोत्सवमा निर्देशक पाण्डेले ‘फिल्म फन्डिङ’ शीर्षकमा एक लाख डलर प्राप्त गरेका छन् । क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा वृतचित्र ‘सहायक श्रीमान्’ ले उत्कृष्ट पुरस्कार पाएको जानकारी निर्देशक पाण्डेले दिए ।

मेहोदो महोत्सवमा एक सय २२ देशका तीन हजार पाँच सय सय ३३ चलचित्र तथा वृतचित्र प्रतिस्पर्धामा थिए । ‘नेपाली वृतचित्र एक लाख डलरको कोष जित्नु आफैँमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो’, निर्देशक पाण्डेले भने, ‘निर्माणका क्रममा पटक पटक हुम्ला जिल्लामा बिताएको दुई महिने कठिन दिनको प्रतिफल पाएको आभाष भएको छ ।’ एक लाख डलर पुरस्कार निर्देशक पाण्डेलाई आगामी वृतचित्र परियोजनाका लागि दिइएको हो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved