रुपन्देहीमा गोली चलेको आशंका, प्रहरीद्वारा अनुसन्धान

नेपालभ्युज

रुपन्देहीमा गोली चलेको आशंका, प्रहरीद्वारा अनुसन्धान
सांकेतिक तस्वीर।

भैरहवा । आज साँझ रुपन्देहीको अमवामा गोली चलेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घाइतेले गोली चलेको भने पनि घटनास्थलमा गोली चलेको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाइ छ ।

रुपन्देहीको सियारी गाउँपालिका–३ रगरगञ्जका १९ वर्षीय वीरेन्द्र केवटले आफूमाथि गोली प्रहार भएको बताएका छन् । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घाँस काट्न गएको मौका पारी अज्ञात व्यक्तिले केवटको मोबाइल खोस्न खोजेका थिए ।

‘मोबाइल खोसाखोस हुँदा केवट सामान्य घाइते हुनुभएको छ, उहाँ उपचारपछि अहिले घर फर्किसक्नुभएको छ’, अर्यालले भने, ‘घटनास्थलमा गोली चलेको कुनै अवशेष देखिँदैन, सम्भवतः नक्कली बन्दुक देखाएर तर्साएको हुनुपर्छ । यसबारे हामीले अनुसन्धान सुरु गरेका छौँ ।’ प्रहरीलाई घटनाबारे ६ः३० बजे मात्र खबर भएको अर्यालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved