अर्घाखाँची । अर्घाखाँचीका विभिन्न ठाउँमा आगलागीमा ४३ वटा घरगोठ जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागीले २० वटा घर, २३ वटा गोठ, ११ वटा बाख्रा र छ वटा भैँसी जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलका अनुसार भूमिकास्थान ३\४ धारापानीमा २३ वटा घरगोठ जलेर नष्ट भएका छन् ।
धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँमा आगलागी भएको हो ।
पाणिनि गाउँपालिकामा दुई वटा घर र पाँच वटा गोठ जलेका छन् ।
यस्तै शितगङ्गा नगरपालिकाको भेडामारे, डोहोटे, गल्डुङ्ग लगायतका ठाउँमा पनि आगलागीबाट क्षति भएको छ । गर्मी, सुक्खा र हावाहुरीको याम सुरु भएसँगै आगलागीका घटना हुनेक्रम बढेका छन् ।
तापक्रम बढ्दै जानु र लापरवाही हुँदा हावाहुरीले पनि आगलागी हुन सहयोग पुगेको छ । आगलागीका घटना हरेक वर्षजसो दोहोरीरहेका हुन्छन् ।
Facebook Comment
Comment