बुटवलमा थपियो राष्ट्रिय परिचयपत्र बनाउने ‘स्टेसन’ : टोकन नपाउने समस्या समाधानको आशा

बुटवलमा थपियो राष्ट्रिय परिचयपत्र बनाउने ‘स्टेसन’ :  टोकन नपाउने समस्या समाधानको आशा

बुटवल । रुपन्देही बुटवलस्थित इलाका प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउन सहजताका लागि थप एउटा सेवा केन्द्र (स्टेसन) स्थापना गरेको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन घण्टौँ लाइनमा बसेर पनि पालो नपाएको गुनासो बढेपछि कार्यालयले बुटवल उपमहानगरपालिकासँग समन्वय गरेर सर्वसाधारणको गुनासोलाई मध्यनजर गरी उपमहानगरमा थप एक स्टेसन स्थापना गरिएको छ ।

प्रशासनसँगको सहकार्यमा बुटवल उपमहानगर परिसरमा आइतबार नयाँ स्टेसनको उद्घाटन गरिएको हो । सो अवसरमा नगरप्रमुख (मेयर) खेलराज पाण्डेयले बुटवल उपमहानगरभित्र बसोबास गरेकालाई पहिलो प्राथमिकतामा राखेर सेवा दिने बताए ।

‘राष्ट्रिय परिचयपत्र वितरण वडाबाटै सुरु गरिएको छ,’ उनले भने, ‘पहिले बनाउन छुटेकालाई अब पालिकाको कार्यालयमै आएर समयमै तस्वीर खिच्ने लगायतका काम सकाउन आग्रह गर्छु ।’

यस्तै इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले राष्ट्रिय परिचयपत्र बनाउन सर्वसाधरण नागरिकहरुको चाप अत्यधिक भएकाले उपमहानगराभित्र स्टेसन थप गरिएको बताए ।

‘इलाका प्रशासनबाट दैनिक २०० जनालाई सेवा दिएको भए पनि सेवाग्राहीको माग धान्न नसकेर सर्वसाधरण फर्कनुपरेकाले उपमहानगरभित्र स्टेसन थपेर सेवा दिनपरेको हो’ उनले भने ।

अर्यालका अनुसार इलाका प्रशासन कार्यालय बुटवलबाट ६० हजार कार्ड छापिएको र दैनिक ५०० को आधारमा परिचयपत्र समेत वितरण गर्दै आइरहेको छ । प्रशासनले दैनिक १८० जनालाई टोकन र १५ देखि २० जना जेष्ठ नागरिक, अपाङ्गता भएका र बिरामीलाई लाइनमा नबसी सेवा दिने गरेको छ ।

बुटवलस्थित इलाका प्रशासन कार्यालयले जिल्लामै सबैभन्दा बढी राष्ट्रिय परिचयपत्रको सेवा दिने भएको छ । अब प्रशासन र पालिकाबाट गरी चारवटा स्टेसनबाट नियमित सेवामा राष्ट्रिय परिचयपत्र बनाउन सकिने छ ।

बुटवलमा जिल्ला बाहिर पाल्पा, कपिबलस्तु, गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङसम्मका सेवाग्राही आउने गरेकाले सेवाग्राहीको संख्या चार महिनादेखि स्थिर रहेको प्रशासनले जनाएको छ ।

यसअघि नेपालभ्युजमा तिलोत्तमाका राष्ट्रिय परिचयपत्र बनाउने टोकन पाउनै मुस्किल भएको समाचार छापिएको थियो । अब भने घण्टौँ लाइन बसेर पनि टोकन नपाउने समस्या समाधान हुने आशा गरिएको छ ।

हेरौँ समाचार :

राष्ट्रिय परिचयपत्र बनाउने टोकन पाउनै मुस्किल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved