लुम्बिनी सत्ता गठबन्धनमा विवाद चर्कियो, जसपाका मन्त्रीले दिए राजीनामा, सरकार संकटमा

नेपालभ्युज

लुम्बिनी सत्ता गठबन्धनमा विवाद चर्कियो, जसपाका मन्त्रीले दिए राजीनामा, सरकार संकटमा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा भागवण्डालाई लिएर सत्ता गठबन्धनमा विवाद भएको छ । विवाद बढ्दै जाँदा जनता समाजवादी पार्टी जसपाले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको छ ।

पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जसपा रिसाएको हो । उसले आफ्ना मन्त्री भण्डारीलाल अहिरलाई फिर्ता बोलाएको छ । अहिरले राजीनामा बुझाएका छन् ।

मुख्यमन्त्री जोखबहादुर महराले चैत २५ गते अहिरलाई मन्त्री बनाएका थिए । उनी कृषिमन्त्रालयको जिम्मेवारी पाए पनि पदभार ग्रहण गरेका थिएनन् ।

पार्टीले राजीनामा दिन भनेकाले आफू सरकारबाट फिर्ता भएको उनले बताएका छन् । जसपाले आफूहरुलाई दुई मन्त्रालय दिने सहमति भए पनि पालना नभएकाले सरकारबाट फिर्ता भएको बताएको छ ।

लुम्बिनीमा जसपाका ३ सांसद छन् । ८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा जसपा नहुँदा सत्ता गठबन्धनको बहुमत पुग्दैन । तर, जसपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

जसपासहित मिल्दा बहुमतमा रहेको सरकार पछिल्लो विवादका कारण संकटमा परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved