साहित्यकार गोविन्दराज भट्टराई एक लाख नगदसहित सम्मानित

नेपालभ्युज

साहित्यकार गोविन्दराज भट्टराई एक लाख नगदसहित सम्मानित

विराटनगर। मोरङको पथरीशनिश्चरे–१ मा स्थापित काजीमान कन्दङ्वा स्मृति कोषले नेपाली भाषा, साहित्यका अग्रज प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईसहित तीन जना स्रष्टालाई सम्मान गरेको छ । कोषले भट्टराईलाई १ लाख रुपैयाँ नगदसहित ‘सि.एम. कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९’ प्रदान गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राईले भट्टराईलाई सम्मानित गरेका हुन् । कार्यक्रममा दार्जिलिङ भारतमा जन्मिएर नेपालमा साङ्गीतिक क्षेत्रमा लाग्दै आएका अनिल फागो लिम्बूलाई ५१ हजार नगदसहित ‘सि.एम. कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान—२०७९’बाट सम्मानित गरियो ।

त्यसै गरी मोरङको पथरीशनिश्चरेका पत्रकार अर्जुन जम्नेली राईलाई ११ हजारसहित ‘सुशीला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९’द्वारा सम्मानित गरिएको छ ।

झापा दमक १ स्थायी बसोबास भएका सम्मानित गोविन्दराज भट्टराईका ६५ भन्दा बढी कृतिहरू प्रकाशित छन् ।

यसैगरी, सङ्गीत विधानमा सम्मानित अनिल फागो लामो समयदेखि झापा र मोरङको विभिन्न विद्यालयहरुमा सङ्गीत विद्या सिकाउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved