टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोली घोषणा

स्टिभ स्मिथ टोलीमा अटाएनन्

नेपालभ्युज

टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोली घोषणा

काठमाडौं। अस्ट्रेलियाले आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ।

अस्ट्रेलियाले बुधबार बिहान मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

स्टिभ स्मिथलाई भने टोलीमा समावेश गरिएको छैन्। सन् २०१४ पश्चात स्मिथ पहिलो पटक विश्वकप टोलीमा नअटाएका हुन्।

एश्टन एगर र क्यामरुन ग्रिनले टोलीमा आफ्नो स्थान पक्का गरेका छन्। टी–२० विश्वकप आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुनेछ।

अस्ट्रेलियाको टोली:

मिचेल मार्श (कप्तान), एश्टन एगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेभिड वार्नर, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्रेभिस हेड, जोश इंगलिस, ग्लेन म्याक्सवेल, र एडम जाम्पा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved