बिहेको लगन सकिएसँगै सुनको मूल्य ओरालो, एकै दिन घट्यो तोलामा २७ सय

नेपालभ्युज

बिहेको लगन सकिएसँगै सुनको मूल्य ओरालो, एकै दिन घट्यो तोलामा २७ सय

काठमाडौं । बिहेको लगन सकिएसँगै नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लाग्न थालेको छ । वैशाखमा रहेको बिहेको लगन सकिएको छ । लगन हुँदा लगातार उकालो लागेको सुनको मूल्य बुधबार एकै दिन २७ सयले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved