स्वतन्त्र उम्मेदवारी दिएका विष्टले जिते पाटन स्ववियुको सभापति

नेपालभ्युज

स्वतन्त्र उम्मेदवारी दिएका विष्टले जिते पाटन स्ववियुको सभापति

काठमाडौं। ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन् । विष्टले ८ सय ४१ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जिसीले ६ सय ७२ मत प्राप्त गरेका छन् ।

नेविसङ्घका इकाई रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएर जितेका हुन् । गएराति भएको मतगणनामा स्ववियु सचिवमा अविनास भण्डारी र कोषाध्यक्ष तिलक कुमाल विजयी भएका छन् ।

पाटन क्याम्पसमा नेविसङ्घको आन्तरिक विवादका कारण चैत ५ गते हुन नसकेको चुनाव शनिबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved