जेलबाट छुटेको एक महिनापछि अभिनयमा फर्किए पल शाह

अभिनेता पल शाह एकवर्षपछि काममा फर्किएका छन्। मुस्ताङमा सुटिङ भइरहेका एक म्युजिक भिडिओमा पलले अभिनय गरेका छन्। भिडिओको बिहीबार सूटिङ सुरु भएको छ।

नेपालभ्युज

जेलबाट छुटेको एक महिनापछि अभिनयमा फर्किए पल शाह

काठमाडौं। अभिनेता पल शाह एकवर्षपछि काममा फर्किएका छन्। मुस्ताङमा सुटिङ भइरहेका एक म्युजिक भिडिओमा पलले अभिनय गरेका छन्। भिडिओको बिहीबार सूटिङ सुरु भएको छ।

‘आँसु बनी नखस कैले नि’ बोलको उक्त गीतको छायाङ्कन सेटमा पल एक मोडलसँग देखिएका छन्। रिहा भएपछि पहिलो सुटिङ हो ।

जसमा पल फिचर्ड छन्। एक वर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए। रिहा भएपछि यो उनको पहिलो साङ्गीतिक प्रोजेक्ट हो।

छायाङ्कनको हिसाबले यो पहिलो म्युजिक भिडियो भए पनि युट्युबमा रिलिजको आधारमा चाहिँ ‘तिमीलाई हेर्ने बानी प¥यो’को फिमेल भर्सन पहिलो हुनेछ। पलले हालै रुकुम महोत्सवको क्रममा गत वर्ष रिलिज भएको पुष्पन प्रधानद्वारा गाइएको उक्त हिट गीतको दोस्रो सिक्वेलबाट आफू काममा फर्कन लागेको बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved