सातदोबाटोको विजयी सुरुवात, आर्मी र संकटाले अंक बाँडे

नेपालभ्युज

सातदोबाटोको विजयी सुरुवात, आर्मी र संकटाले अंक बाँडे

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले विजयी सुरुवात गरेको छ।

ललितपुरको च्यासल रंगशालामा आइतबार भएको खेलमा सातदोबाटोले न्युरोड टिम एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

सातदोबाटोको लागि दीपक राज सिंह ठकुरीले गोल गरे भने एनआरटीको लागि निकोलस सङग्ले गोल फर्काए।

खेलको ४५औँ मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा एनआरटीको लागि निकोलसले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्‍याए।

८४औँ मिनेटमा दीपकले दोस्रो गोल गर्दै सातदोबाटोलाई पुनः अग्रता दिलाए।

यस्तै, दशरथ रंगशालामा भएको त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यससँगै दुवै टोलीले १–१ अंक प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved