पर्वतमा दम्पतीको हत्या प्रकरणमा सीआईबीले समायो २ जना

नेपालभ्युज

पर्वतमा दम्पतीको हत्या प्रकरणमा सीआईबीले समायो २ जना

काठमाडौं । पर्वतमा दम्पतीको हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दुई जनालाई पक्राउ गरेको छ ।

ब्युरोले लामो अनुसन्धानपछि पर्वतकै कृष्ण वीकलाई म्याग्दी र दीपक परिवारलाई पोखराबाट पक्राउ गरेको हो ।

लुटपाट भएको सुनसहित पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा चैत १९ मा दम्पतीको हत्या भएको थियो ।

६८ वर्षीय सूर्य बहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसी मृत अवस्थामा भेटिएका थिए ।

उनीहरूको घाँटी र टाउकोमा चोट लागेको थियो भने धारिलो हतियार प्रहार गरेर हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

लुटपाटको उद्देश्यले नै उनीहरूको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved