ओखलढुङ्गा दुर्घटनामा २ को मृत्यु, घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

नेपालभ्युज

ओखलढुङ्गा दुर्घटनामा २ को मृत्यु, घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

काठमाडौं। ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिसंखुगढी–३ घर भएका मीनबहादुर श्रेष्ठसहित दुई जना छन् ।

ना.१ ज ८४८३ नम्बरको बोलेरोमा १३ जना सवार रहेको बुझिएको छ। दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । अरू गम्भीर घाइतेहरूलाई पनि हेलिकप्टरबाट उद्धार भइरहेको प्रहरीले जनाएको छ।

जिप सुमन कार्कीले चलाएका थिए । दुर्घटनामा परेर घाइते हुनेमा भक्त बहादुर थापा, चालक सुमन कार्की, तुलसा धमला, २ वर्षीय बालक विनय धमला, तीर्थलक्ष्मी श्रेष्ठ, केन्द्रबहादुर कार्की, आयुशा श्रेष्ठ, शर्मिला श्रेष्ठ, ४ वर्षीय लरिसा श्रेष्ठ र खेमबहादुर खत्री छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved