धरौटीमा छुटेका सन्दीपलाई विदेश जान दिन क्यानले थाल्यो पहल

अदालतको आदेशको पर्खाइ

धरौटीमा छाड्दा विभिन्न सर्तहरू थिए। जसको कारणले सन्दीप विदेश जान पाउने छैनन्। सोही शर्तमा पुर्नविचार गर्न क्यानले पहल अघि बढाएको हो।

नेपालभ्युज

धरौटीमा छुटेका सन्दीपलाई विदेश जान दिन क्यानले थाल्यो पहल

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले ‘यूएई भ्रमण’मा सन्दीप लामिछानेलाई समावेश गर्न पहल अगाडि बढाएको छ। विश्वकप लिग–२ को लागि यूएईमा हुने सिरिजमा सन्दीपलाई समावेश गर्न क्यानले प्रक्रिया अगाडि बढाएको हो।

काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कारको आरोपमा सन्दीपलाई जेलमा राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो। पाटन उच्च अदालतमा सोही निर्णयविरुद्ध परेको पुनरावेदनमा सन्दीपलाई २० लाख धरौटीमा छाडेका हो।

धरौटीमा छाड्दा विभिन्न सर्तहरू थिए। जसको कारणले सन्दीप विदेश जान पाउने छैनन्। सोही शर्तमा पुर्नविचार गर्न क्यानले पहल अघि बढाएको हो।

राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट म्यानेजर विनोद दासले नेपालभ्यूजलाई भने, ‘‘हामीले हाम्रोतर्फबाट गर्नुपर्ने प्रक्रिया अगाडि बढाइसकेका छौँ। सन्दीपले खेल्न पाउनुहोस् भन्ने नै चाहना छ। अदालतले मन्जुरी दिएमा खेल्न पाउनुहुनेछ भन्नेमा आशावादी छौँ।’’

उनले राष्ट्रिय खेलकुद परिषद्लाई पत्रचारमार्फत पक्रियाको अघि बढाएको बताए। ‘‘हामीले हाम्रो काम गर्‍यौँ। राखेपबाट कुनै लिखित पत्रमा जवाफ पाएका छैनौँ’’, राखेपलाई पठाएको पत्रबारे क्रिकेट म्यानेजर विनोद दासले बताए।

नेपाली टोली फागुन १३ गते यूएई प्रस्थान गर्दैछन्। सन्दीपलाई राष्ट्रिय टोलीमा समावेश गर्नको लागि भने पाटन उच्च अदालतले विदेश जानुबाट लगाएको रोकलाई भने फुकुवा गर्नु पर्ने देखिन्छ। समयको अभाव देखिन्छ।

विनोदले भने, ‘‘हामी जानुअगाडि अदालतमा एउटा सुनुवाइ पनि छ। त्यस सुनुवाइमा केही सकारात्मक टिप्पणी आउँछ कि भन्ने आशा राखेका छौँ। कानुनी प्रक्रिया हो। यसपछि के हुन्छ त्यो हाम्रो हातमा छैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved