खेलाडीले राष्ट्रका लागि खेल्नुपर्छ : ओली

नेपालभ्युज

खेलाडीले राष्ट्रका लागि खेल्नुपर्छ : ओली
फाइल फोटो

मोरङ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीले राष्ट्रका लागि खेल्नुपर्ने बताएका छन् ।

नेपाल खेलकुद महासङ्घको तीनदिने दोस्रो राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन गर्दै उनले खेलाडी खेलप्रति दत्तचित्त भई उत्कृष्ट तालिमका साथ राष्ट्रको नाम विश्वमा राख्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री ओलीले एमाले सधैँ खेलाडीका साथमा रहेको छ भन्दै यसको विकास, प्रशिक्षणका लागि आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले स्वस्थ्य समाज निर्माणमा खेलाडीहरूले आफ्नो क्षेत्रबाट भूमिका खेल्न आग्रह गर्दै खेललाई जीवनका अभिन्न अङ्ग बनाउनाले स्वास्थ्यमा ठूलो योगदान पुग्ने धारणा राखे ।

अध्यक्ष ओलीले महासङ्घले पदका लागि होइन खेलाडीलाई उत्कृष्ट प्रदान गर्न विशेष योगदान पुर्‍याउनुपर्नेमा जोड दिए ।

महासङ्घका संयोजक पर्शुराम बस्नेत र प्रभातविक्रम कटवालले खेलाडीलाई खेलबाट बाँच्न सक्ने अवस्थाको सिर्जना गर्न प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय महाधिवेशनमा ७७ जिल्ला, २८ खेल सङ्घ, सात प्रदेश र एक उपत्यका विशेष प्रदेशका गरी पाँच सय ३० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

सोही अवसरमा अध्यक्ष ओलीले ‘प्रथम केपी ओली सडक दौड’ प्रतियोगिता महिला तथा पुरुषतर्फ प्रथमदेखि पाँचौँ स्थानसम्म ल्याउने खेलाडीहरूलाई नगदसहित पुरस्कृत गरे । सो अवसरमा विभिन्न खेल तथा जातजातिका वेशभूषासहित झाँकी प्रदर्शनी गरिएको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved