छिमेकी भन्छन्- चन्द्र भण्डारीले आफू जलेर पनि आमालाई बचाउन गुहार मागिरहनुभएको थियो (भिडिओ)

‘‘उहाँको शरीरमा कुनै कपडा थिएन। टावलले बेरिनुभएको थियो। उहाँको हातबाट रगत बगिरहेको थियो। आमालाई बचाउनुस्। आमालाई बचाउनुस् भन्दै चिच्याइरहनुभएको थियो।’’

नेपालभ्युज

छिमेकी भन्छन्- चन्द्र भण्डारीले आफू जलेर पनि आमालाई बचाउन गुहार मागिरहनुभएको थियो (भिडिओ)

काठमाडौं। गएराति १० बजे ग्यास लिक भएर आगलागीपछि जलेर कांग्रेस नेता डा. चन्द्र भण्डारीकी आमा हरिकलाको निधन भएपछि बुद्धनगर स्तब्ध छ। चन्द्र भण्डारी घाइते छन्।

गएराति आगोले जलेको अवस्थामा हरिकला र चन्द्र भण्डारीलाई छिमेकीले तत्कालै गरेर मीनभवनस्थित निजामती अस्पताल पुर्‍याएका थिए।

त्यहाँ उपचार सम्भावना नभएपछि प्राथमिक उपचार गरेर कीर्तिपुर अस्पताल पुर्‍याइयो। उद्धारकर्ताका छिमेकीका अनुसार चन्द्र भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको थियो।

एक छिमेकीले नेपाल भ्युजसँग भने ‘‘एक्कासि ट्रान्सफर्मर पड्किएको जस्तो आवाज आयो। बाहिर केही हल्ला भएको सुनियो। चन्द्र भण्डारीको घरबाट चर्को स्वरमा गुहार मागिरहेको आवाज आयो। हामी भरभित्र छिर्दा चन्द्रजी टेबलमा बसिरहनुभएको थियो। उहाँको शरीरमा कुनै कपडा थिएन। टावलले बेरिनुभएको थियो।उहाँको हातबाट रगत बगिरहेको थियो। आमालाई बचाउनुस्। आमालाई बचाउनुस् भन्दै चिच्याइरहनुभएको थियो।  आमा उता अचेत अवस्थामा ढलिरहनुभएको थियो। तुरुन्तै दुवैलाई सिभिल अस्पताल लगियो। करिब आधा घण्टामै उपचार सुरु भइरहेको थियो। प्राथमिक उपचारपश्चात् चिकित्सकको सुझावबमोजिम कीर्तिपुर अस्पताल लगियो।’’

बुद्धनगरस्थित भण्डारी निवासको भुइँतलामा चन्द्र र उनकी आमा हरिकला भण्डारी बस्छन् । माथिल्लो तलामा भाइ–बुहारी बस्दै आएका छन्।

ग्यास लिक भएर आगलागीपछि चन्द्र भण्डारी निवासको अवस्था (फोटो फिचर)

ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते सांसद भण्डारीलाई मुम्बई लगियो

घर-घरमा ‘सिलिन्डर बम’, व्यापारीको लापरबाहीमा मौन प्रशासन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved