ग्यास सिलिन्डर लिक हुँदा जलेर घाइते भएका सांसद भण्डारीलाई मुम्बई लगियो

६ जनाको मेडिकल टिम पनि सँगै

नेपालभ्युज

ग्यास सिलिन्डर लिक हुँदा जलेर घाइते भएका सांसद भण्डारीलाई मुम्बई लगियो

काठमाडौं। बुधबार राति ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता एवं गुल्मी-१ का सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ।

गम्भीर घाइते भण्डारीलाई कीर्तिपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगेर त्यहाँबाट श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल लगिएको हो।

नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृतिम स्वासप्रश्वास दिएर भण्डारीलाई मुम्बई लगिएको हो। उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ। क्रिटिकल केयर हेड डा.प्रदीप तिवारी,एनेस्थेसिया क्रिटिकल केयर डा.बृहस्पति, फ्लाइट डाक्टर ईएमएस रोसन शर्मा, प्यारामेडिक्स ईआर दिनेश राई, सागर महर्जन र राज तामाङ गएका हुन्।

घटनामा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घाइते आमा छोरा दुवै जनालाई कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पताल भर्ना गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भयो ।

आमा हरिकलाको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। नेता भण्डारीको २५–३० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved