प्रधानमन्त्रीले प्रदेश-१ को नामबारे मुख्यमन्त्रीसँग राखे चासो

नेपालभ्युज

प्रधानमन्त्रीले प्रदेश-१ को नामबारे मुख्यमन्त्रीसँग राखे चासो

विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश-१ को नामबारे चासो व्यक्त गरेका छन् ।

प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  प्रधानमन्त्री प्रचण्डलाई बुधबार बिहान बालुवाटार भेटेर सरकारको काम र विकास निर्माणबारे आफूले छलफल गरेको  बताएका छन्  । उनले भने, ‘उहाँ प्रधानमन्त्री भएपछि यो पहिलो भेटघाट हो’, कार्कीले भने, ‘प्रदेशको विकास र प्रदेशलाई मजबुत बनाउने विषयमा छलफल भयो ।’

प्रधानमन्त्रीले प्रदेशलाई मजबुत बनाउन शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने आश्वासन दिएका छन् । उनले प्रदेशको नामका विषयमा पनि चासो राखेका छन् ।

६ वटा प्रदेशले आफ्नो नाम राखिसक्दा प्रदेश-१ ले अझै नाम राख्न सकेको छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved