यू–२० राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ

नेपालभ्युज

यू–२० राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२० राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ । एन्फाले मंगलबार साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

प्रतियोगिता बंगलादेशको ढाकामा आयोजना हुनेछ। एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, एन्फा महासचिव किरण राई लगायतले नेपाली टोलीलाई बिदाइ गरेका थिए ।

प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ । मुख्य प्रशिक्षक यम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

माघ २० गते नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्नेछ । दोस्रो खेलमा भुटानसँग माघ २२ गते प्रतिस्पर्धा गर्नेछ। २४ गते नेपाल र भारत आमने-सामने हुनेछन्।

माघ २० देखि फागुन १ सम्म हुने प्रतियोगिता बङ्गलादेशमा सञ्चालन हुनेछ।

 

नेपाली टोली

गोलकिपर : कविता विक, सावित्री किशन, लिला जोशी

डिफेन्डर : सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनीता भुलन, दिव्या यस्मलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved