राखेप छानबिन कार्यदलको प्रतिवेदन : क्यानद्वारा खेलकुद ऐनको पालना भएको देखिएन

नेपालभ्युज

राखेप छानबिन कार्यदलको प्रतिवेदन : क्यानद्वारा खेलकुद ऐनको पालना भएको देखिएन

काठमाडौं। नेपाल टी–२० लिग छानबिन कार्यदलले राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्यसचिव टंक लाल घिसिङलाई प्रतिवेदन बुझाएको छ।

प्रतिवेदनमा लिग आयोजनाको क्रममा नेपाल क्रिकेट संघ क्यानले सरोकारवाला पक्षसँग भएको सम्झौता राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा २ मा भएको व्यवस्था पालना पालना भएको नदेखिएको उल्लेख गरिएको छ।

प्रचलित ऐन, नियमबमोजिम प्रक्रिया नपुर्‍याई गरिएको लिगसम्बन्धी भएको सम्झौता तत्काल खारेज गर्न क्यान वाञ्छनीय भएको छानबिन समितिले ठहर गरेको छ।

समितिले नेपाल प्रहरी सीआईबीको अनुसन्धानमा आवश्यक सहयोग पुर्‍याई कानुनबमोजिम दोषीलाई कारबाही गर्न सहयोग गर्नेछ। सरोकारवाला निकाय एवं आईसीसीले प्रविदेनबारे आवश्यक छलफल र समन्वय गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ।

गत महिना क्यानले आयोजना गरेको लिगमा स्पट फिक्सिङ र म्याच फिक्सिङ सार्वजनिक भएपछि राखेपले घटनाको छानबिनको लागि एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved