नेपाल टी-२० लिगबारे छानबिन गर्न राखेपले गठन गर्‍यो ५ सदस्यीय समिति

नेपालभ्युज

नेपाल टी-२० लिगबारे छानबिन गर्न राखेपले गठन गर्‍यो ५ सदस्यीय समिति

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल टी–२० लिगको सत्य तत्य छानबिनको लागि ५ सदस्यीय समिति गठन गरेको छ ।

परिषद्को कार्यकारी समितिको बुधबार बसेको बैठकको निर्णयले सत्य तथ्य छानबिन गरी १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौंमा भइरहेको लिगका सम्बन्धमा विदेशी खेलाडीहरूको श्रम स्वीकृती एवं प्रतियोगिता संचालनको सम्बन्धमा परिषद्ले संघसंग आवश्यक प्रमाण कागजात माग गरिएको पत्राचारको वेवास्ता गरेको साथै पछिल्लो समय प्रतियोगिता संचालनका क्रममा संघबाट भएका कमजोरी एवं विसंगतीबारेमा सार्वजनिक भएको विषयप्रति राष्ट्रिय खेलकुद परिषद्को गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

सोही सन्दर्भमा सत्य तथ्य छानबिन गरी १५ दिनभित्र परिषद्‌समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको छ ।

कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकास कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved