अत्यधिक चिसोका कारण जनकपुरधामभित्रका विद्यालयमा ३ दिन बिदा

नेपालभ्युज

अत्यधिक चिसोका कारण जनकपुरधामभित्रका विद्यालयमा ३ दिन बिदा
सांकेतिक तश्वीर

काठमाडौं ।     जनकपुरधाम उपमहानगरपालिकाले  तीन दिनका लागि सामुदायिक तथा  संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको   शिक्षा, युवा तथा खेलकुद महाशाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले  मंगलबार  एक सूचना जारी गर्दै  २० गते बुधवारदेखि २२ गतेसम्मका लागि जनकपुरधाम उपमहानगरपालिकाभित्रका विद्यालयहरूमा बिदा दिएको जानकारी दिएका हुन् ।

यस्तै, महोत्तरीका पालिकाले पनि धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् ।  जाडो निकै बढेको भन्दै  महोत्तरीका ११ पालिकाले चार दिनदेखि आठ दिनसम्मको  जाडो बिदाको सूचना जारी गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved