स्वतन्त्र सांसद लालवीर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश, बुहारीले गरिन् स्वागत

नेपालभ्युज

स्वतन्त्र सांसद लालवीर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश, बुहारीले गरिन् स्वागत

काठमाडौं । बर्दिया-२ का स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

शुक्रबार पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका लालबीरलाई उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीका र खादा लगाइदिएर स्वागत गरेकी थिइन् ।

लालबीर रेशम चौधरीका बुवा हुन् भने रञ्जिता रेशमकी श्रीमती हुन् ।  रञ्जिता नाताका हिसाबले लालवीरकी बुहारी हुन् ।

लालवीर गत मंसिर ४ को प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया-२ बाट २६ हजार ५२० मत ल्याएर निर्वाचित भएका थिए ।

उनको प्रवेशसँगै नागरिक उन्मुक्ति पार्टीको संसदमा ४ सिट पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved