अन्जन विष्टको प्रश्न- पटक-पटक लिग सार्दा तपाईंहरूलाई खेलाडीको चिन्ता लाग्दैन ?

‘पटक पटक लिग सार्दा तपाईंहरुलाई खेलाडीको चिन्ता लाग्दैन? अझैँ धेरै खेलाडी विदेशिएको देख्न चाहनुहुन्छ?’ भनेर अन्जनले प्रश्न गरेका छन्।

नेपालभ्युज

अन्जन विष्टको प्रश्न- पटक-पटक लिग सार्दा तपाईंहरूलाई खेलाडीको चिन्ता लाग्दैन ?

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले अखिल नेपाल फुटबल संघ एन्फा र क्लबहरूलाई प्रश्न गरेका छन्।

शुक्रबार अन्जनले आफ्नो सामाजिक संजाल फेसबूकमार्फत ए डिभिजन लिगको आयोजनाबारे एन्फा र क्लबहरुलाई प्रश्न गरेका हुन् ।

‘पटक-पटक लिग सार्दा तपाईंहरूलाई खेलाडीको चिन्ता लाग्दैन ? अझै धेरै खेलाडी विदेशिएको देख्न चाहनुहुन्छ ?’ अन्जनले प्रश्न गरेका छन् ।

उनले नेपाली फुटबल र नेपाली खेलाडीलाई माया गर्न पनि अग्रह गरेका छन् । एक अर्कालाई दोष लगाएर लिग कहिलेसम्म पछि धकेल्ने भनेर पनि अन्जनले प्रश्न गरेका छन् ।

एन्फाले ए डिभिजन लिग पुस २६ बाट आयोजना गर्ने निर्णय गरेको थियो। तर, तयारीको विषयमा क्लबहरुले असन्तुष्टि जनाउँदै आएका छन्।

आगामी बिहीबार एन्फा र क्लबबीच लिग आयोजनाबारे पुनः छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved