मधेसका समस्या गम्भीरतापूर्वक उठाउँछु : महासेठ

नेपालभ्युज

मधेसका समस्या गम्भीरतापूर्वक उठाउँछु : महासेठ
फाइल फोटो

जनकपुरधाम । नेकपा (एमाले)का सचिव तथा धनुषा क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले मधेसको सबै समस्या गम्भीरतापूर्वक उठाउने बताएका छन् । प्रेस चौतारी धनुषाद्वारा जनकपुरधाममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमाले मधेस प्रदेशका इञ्चार्जसमेत रहेका महासेठले मधेसको हरेक समस्यालाई गम्भीर रुपमा लिएको र यसलाई सशक्त रुपमा सदनमा उठाउने बताए ।

जनताको विश्वास र भरोसामा एमाले अगामी दिनमा खरो रुपमा उत्रने बताउँदै उनले सरकार गठन भएको तीन महिनाभित्र नागरिकताको समस्या समाधान गर्न लागि पर्ने विश्वास व्यक्त गरे । मधेस प्रदेशमा एमाले ठूलो पार्टी भएकाले मुख्यमन्त्री हुने स्वाभाविक भएको बताउँदै उनले यस विषयमा अरू सहयोगी दलसँग पनि सहकार्य हुने र त्यसका लागि छिट्टै पहल सुरु गरिने बताए । जनताको अपेक्षाअनुसार नै आफ्नो पार्टीले ठोस एजेन्डाका साथ संसद्मा प्रस्तुत हुने उल्लेख गर्दै महासेठले मुलुकको विकास र समृद्धि एमालेकै नेतृत्वमा सम्भव रहेको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved