चर्को आवाज निकाल्ने २९ वटा मोटरसाइकल ट्राफिक प्रहरीको  नियन्त्रणमा, १२ वटालाई १० हजार जरीवाना

नेपालभ्युज

चर्को आवाज निकाल्ने २९ वटा मोटरसाइकल ट्राफिक प्रहरीको  नियन्त्रणमा, १२ वटालाई १० हजार जरीवाना
फाइल तस्वीर

काठमाडौं। चर्को आवाज निकाल्ने  २९ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि वातावरण विभाग पठाएको छ।

आइतबार ट्राफिक प्रहरीले ठुलो आवाज निकालेर ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई कारबाहीका लागि पठाएको हो। जसमध्ये १२ वटा मोटरसाइकललाई  विभागले नगद १० हजार रुपैयाँ जरिवाना गराएको छ।

वातावरण विभागद्वारा परीक्षण गर्दा मापदण्ड भन्दाबढी आवाज निकालेको पाइएकाले जरीवाना गरिएको हो। १७ वटा मोटरसाइकलको सम्बन्धमा विभागबाट आवश्यक अनुसन्धान भइरहेको छ ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट उपत्यकाका विभिन्न स्थानमा गरिएको बिशेष चेकिङको क्रममा ठुलो आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो। ठुलो आवाज निकाली सवारी साधन चलाउदा ध्वनि प्रदुषण हुनुका साथै मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले  नचलाउन  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे।

त्यस्तै आइतबार भएको स्कुल बस चेकिङमा  १८ जना स्कुल बसका चालक पनि कारबाहीमा परेका छन्। बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरी सवारी साधन चलाउँदै गरेका १ जना चालक सहित १८ जनालाई  कारवाही गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved