महोत्तरी-१ (२) बाट माओवादीका भरत साह विजयी

महोत्तरी-१ (२) बाट माओवादीका भरत साह विजयी

महोत्तरी ।  महोत्तरी क्षेत्र नम्बर १ (२) बाट नेकपा माओवादी केन्द्रका  भरतप्रसाद साह विजयी  भएका छन् ।

माओवादीका मधेस प्रदेशका प्रभावशाली नेता रहेका साहले जनता समाजवादी पार्टीका उम्मेदवार रामश्रेष्ठ महतोलाई २ हजार ५०० मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्य पदमा विजयी भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार  साहले ८ हजार ३७१ मत प्राप्त गरे भने  उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रामश्रेष्ठ महतोले ५ हजार ८७१ मत पाए । साह मधेश प्रदेशका गृहमन्त्रि समेत हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved