गुल्मीबाट गोकर्ण विष्टको ह्याट्रिक, रामकुमारी पराजित

विष्टले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पराजित गरे । यो उनको लगातार तेस्रो जित हो । 

नेपालभ्युज

गुल्मीबाट गोकर्ण विष्टको ह्याट्रिक, रामकुमारी पराजित

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । यो उनको लगातार तेस्रो जित हो । समग्रमा भने उनी गुल्मीबाट चौथो पटक निर्वाचित भएका छन् ।

विष्टले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पराजित गरे । झाँक्रीलाई सत्ता गठबन्धनको साथ थियो । करिब २ हजार मतान्तरले विष्ट निर्वाचित भएका छन् ।

उनले २८ हजार ४८५ मत पाए । झाँक्रीले २६ हजार ४४१ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

गुल्मी क्षेत्र नम्बर १ मा भने मतगणना अझै सुरु भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved