मतान्तर फराकिलो बनाउँदै गुल्मीमा गोकर्ण विष्ट

गुल्मी क्षेत्र नं २ मा जारी मतगणनामा नेकपा एमालेका सचिव गोकर्ण विष्ट, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीभन्दा अघि छन्।

नेपालभ्युज

मतान्तर फराकिलो बनाउँदै गुल्मीमा गोकर्ण विष्ट

काठमाडौं। गुल्मी क्षेत्र नं २ मा जारी मतगणनामा नेकपा एमालेका सचिव गोकर्ण विष्ट, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीभन्दा अघि छन्। प्रतिनिधिसभातर्फको प्रारम्भिक मतगणनामा विष्ट ३ सय ७१ मतले अघि छन्।

विष्टको १६ सय ७७ मत छ। झाँक्रीको १ हजार ३ सय १६ मत छ। यो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट झाँक्री र एमालेबाट विष्ट चुनावी प्रतिस्पर्धामा छन्।

यो क्षेत्रमा १ लाख ४ हजार ३ सय २७ मतदातामध्ये ५८ हजार ७ सय ७३ मत खसेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved