धनुषामा निर्वाचनको तयारी पूरा : ७ हजार सुरक्षाकर्मी र ६ हजार कर्मचारी परिचालन हुने

धनुषामा निर्वाचनको तयारी पूरा : ७ हजार सुरक्षाकर्मी र ६ हजार कर्मचारी परिचालन हुने
फाइल तश्वीर

जनकपुरधाम। निर्वाचनका लागि धनुषामा सबै तयारी पूरा भएको छ। निर्वाचनको लागि सात हजार सुरक्षाकर्मी र ६ हजार कर्मचारी परिचालन गरिने भएको छ।

धनुषाका प्रजिअ सुरेन्द्र पौडेलको अनुसार मंसिर १ देखि प्रत्येक मतदानस्थलमा सुरक्षाकर्मी पुग्नेछन् । मतदानस्थललाई चारवटा सुरक्षार्मीले सुरक्षा दिनेछन् । यी चारै निकाय मिलाएर सात हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।

प्रजिअ पौडेलका अनुसार १७ सय नेपाल प्रहरी र ३५ सय म्यादी प्रहरी परिचालन हुनेछन् ।

उनले नेपाली सेना, सशस्त्र प्रहरी र अपराध अनुसन्धान प्रहरी गरी सात हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने बताए ।

मधेस प्रदेशका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाए अनुसार धनुषामा ६ हजार कर्मचारी खटाइएको छ । कर्मचारीहरू छनोट भइसकेका छन् । उनीहरूलाई जनकपुरधामस्थित प्रशिक्षण निर्वाचन आयोगले सम्पन्न गरिसकेकोछ ।

मंसिर १ गते साँझ कर्मचारीहरू पनि मतदानस्थल पुग्ने धनुषा अधिकृत प्याकुरेलले जानकारी दिए।उनको अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा १३ सय कर्मचारीको दरले खटाइएको छ । यसपटक पनि मतदानस्थलमा दुईवटा लाइनबाट मतदान हुनेछन् ।

निर्वाचन अधिकृत प्याकुरेलले कात्तिक २३ गतेको बैठकले कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर मतदान गराइने निर्णय भएको बताए । उनले यसपालि मतदानस्थल आपाङ्गमैत्री पनि हुने जनाए ।

उनले उनीहरूलाई लक्षित गरी मत पेटिका सहज रूपमा पुग्ने ठाउँमा र विगतभन्दा तल पनि राखिने तयारी गरिएको जनाए। मतदानस्थलमा गर्भवती, ज्येष्ठ नागरिक, बिरामी, अशक्त, किरियापुत्री र सुत्केरी मतदाताको लागि विश्रामस्थलको पनि व्यवस्था गरिएको निर्वाचन अधिकृत प्याकुरेल जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved