सुरक्षा निकायबाहेक दुई लाख ४६ हजार ९ सय कर्मचारी निर्वाचनमा खटिँदै

नेपालभ्युज

काठमाडौं। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दुई लाख ४६ हजार ९ सय कर्मचारी खटिने भएका छन्।

निर्वाचन आयोगले निर्वाचनमा देशभरि दुई लाख ४६ हजार ९ सय कर्मचारी खटाउन लागेको हो। आयोगका उपसचिव कमल ज्ञवालीले यो संख्या सुरक्षा निकायबाहेकको रहेको बताए।

केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, ७७ वटा निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय र मतगणना कार्यका लागि कर्मचारी खटिनेछन्। आयोगका उपसचिव ज्ञवालीले कर्मचारी नियुक्ति भइसकेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved