समाज चिनाउने पर्व छठ : ‘अरबा–अरबाइन’सँगै विधिवत रुपमा सुरु

छठ पर्वका लागी माटाको भाँडाकुँडा कुम्हालेले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा दलित समुदायको डोम जातीले बुन्छन् । डोम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपलि, छैटी, बेना(हाते पंखा) छठ पर्वका लागी नभइ नहुने हस्तकला सामग्री हुन् ।

समाज चिनाउने पर्व छठ : ‘अरबा–अरबाइन’सँगै विधिवत रुपमा सुरु

केरवा ज फरल घउरस वोपर सुगा मडराय ।

मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।।

अर्थात छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ ।

अहिले जनकपुर सहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएको सुनिन्छ । चार दिवसीय छठ पर्वको आज शुक्रबार विधिवत सुरुवात भएको छ।

छठ पर्वको पहिलो दिन आज शुक्रवार व्रतालुहरुले नहाखाए अर्थात नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका छन् ।

पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ । यो दिनमा व्रतालुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् ।

पञ्चमी तिथि (दोश्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । यो दिन व्रतालु दिनभरि निर्जला बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ ।

प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीर लिने गरिन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।

षष्ठीका दिन (तेश्रो दिन) गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ । पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ ।

पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याउँछन् र  प्रातःकालीन सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरिन्छ ।

अर्घ्य दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने चाड हो, छठ । छठ पूजाको लागि अहिले जनकपुर सहित सारा मिथिलाञ्चल झकिझकाउ हुने गरि सिंगार्ने कार्य जारी छ।

श्रद्धालुहरुले जनकपुरको इतिहासमा वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्ड लगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व मनाउने गर्छन्।

दिपावली तिहारको रौनक नसक्दै यहाँ छठ पर्वको तयारी सुरु हुन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पुरा हुने विश्वासका साथ सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

अहिले तराई मधेसका हाट, बजार, सडक र गल्लीहरु छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामग्री, माटोबाट बनाइएको कलश, दियो, हात्ती, बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा नाङ्गलो, दाउरा, सुपली, छैंटी, ढकनीबाट सजिएका छन् ।

उखू, केराउ, अदुवा, केरा, मुला लगायतका कृषि उपजका साथै सख्खर मिसाएर बनाइएको गुलियो खिर, गहुँको पीठोबाट बनाइएको परम्परागत बुट्टे ठेकुवा, चिनीको चास्नीबाट बनाइएको बतासाले यहाँको भान्छा, भूमीसँग जोडिएको जनजीविका र जन स्वास्थ्यको त्रिकोणात्मक सम्बन्धलाई झल्काइ रहेको हुन्छ।

छठ पर्वका लागी माटाको भाँडाकुँडा कुम्हालेले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा दलित समुदायको डोम जातीले बुन्छन् । डोम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपलि, छैटी, बेना(हाते पंखा) छठ पर्वका लागी नभइ नहुने हस्तकला सामग्री हुन् ।

तराईका मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको छठ पछिल्ला केही वर्षदेखि पहाडी समुदायले समेत मनाउने गरेको देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved