ओनसरी भन्छिन्, मेरो एक मात्र एजेन्डा देशको विकास र समृद्धि

नेपालभ्युज

ओनसरी भन्छिन्, मेरो एक मात्र एजेन्डा देशको विकास र समृद्धि

काठमाडौं। पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले आफ्नो एक मात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् ।

बुधबार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरूसँग नभएको बताएकी हुन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेकी नेतृ घर्तीले अझै पनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताउँदै विगतमा गरिएका सम्पूर्ण कामहरुको पनि जिम्मेवारी लिने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved