बझाङ जीप दुर्घटना: मृतकको सनाखत, गम्भीर घाइतेलाई धनगढी रिफर गरियो

नेपालभ्युज

बझाङ जीप दुर्घटना: मृतकको सनाखत, गम्भीर घाइतेलाई धनगढी रिफर गरियो

काठमाडौं । बझाङमा जिप दुर्घटनामा परेर मृत्यु भएका चार जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी जागेश्वर भण्डारीका अनुसार सनाखत हुनेहरुमा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी, ३८ वर्षीय वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन् ।

सदरमुकाम चैनपुरबाट मष्टा गाँउपालिकाको वडा नं २ खेतकोट जाँदै गरेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका छन् भने १६ यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते ५ जनालाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved