कुनै पनि क्षेत्रबाट चुनाव लड्न तयार छु : नेता निधि

कुनै पनि क्षेत्रबाट चुनाव लड्न तयार छु : नेता निधि
फाइल फोटो

धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताएका  छन् । क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनले स्पष्ट पारे ।

जनकपुरधाममा आज आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तक्रियामा पूर्वउपसभापतिसमेत रहेका नेता निधिले स्वयं समानुपातिक सांसदका रुपमा समेत संसद्मा प्रवेश गर्नसक्ने सम्भावना रहेको जानकारी गराए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले, आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रुपमा सांसद भए पनि सहजरुपमा लिन धनुषा निर्वाचन क्षेत्र नं ३ का नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved