ईपीएल : लिभरपुललाई हराउँदै युनाइटेडले खाता खोल्यो

सोमबार राती घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले लिभरपुललाई २-१ ले हरायो । युनाइटेडका लागि जेडन सान्चो र मार्कस रासफर्डले गोल गरे ।

नेपालभ्युज

ईपीएल : लिभरपुललाई हराउँदै युनाइटेडले खाता खोल्यो

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले खाता खोलेको छ । सोमबार राती घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले लिभरपुललाई २-१ ले हरायो । युनाइटेडका लागि जेडन सान्चो र मार्कस रासफर्डले गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काएका थिए ।

खेलको १६ औं मिनेटमा सान्चोले युनाइटेडलाई अग्रता दिलाए ।  दोस्रो हाफको सुरुवातमै युनाइटेडले अग्रता दोब्बर पार्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका एन्थोनी मार्सियलको पासमा रासफर्डले गोल गरे । ८२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अवस्था ल्याए । त्यसपछि गोल हुन सकेन र युनाइटेड विजयी भयो ।

जितसँगै युनाइटेड युनाइटेड ३ खेलमा ३ अंक जोड्दै १४ औं स्थानमा पुगेको छ । लिभरपुल ३ खेलमा २ अंकसाथ १६ औं स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved