भोजपुरमा जीप दुर्घटना, एक जनाको गयो ज्यान

नेपालभ्युज

भोजपुरमा जीप दुर्घटना, एक जनाको गयो ज्यान
सांकेतिक तस्वीर।

काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जीप दूधकोशी नदी किनारमा खसेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।
घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved