काठमाडौंको फोहोर व्यवस्थापन गर्न तीन जिल्लाका सीडीओको बैठक ककनीमा

नेपालभ्युज

काठमाडौंको फोहोर व्यवस्थापन गर्न तीन जिल्लाका सीडीओको बैठक ककनीमा
फाइल तस्वीर

काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा देखिएको असहज परिस्थितिबारे छलफल गर्न ककनीमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठक बसेको छ ।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी भएका  छन् ।

३ जिल्लाका जनप्रतिनिधि पनि उक्त बैठकमा सहभागी रहेको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए। उनका अनुसार बैठकमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य  काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल लगायतको सहभागीता रहेको छ ।

बैठक दिउँसो २ बजेबाट सुरु भएको  बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved