अनेकौ गुणले भरपुर सिमीको बीज

नेपालभ्युज

अनेकौ गुणले भरपुर सिमीको बीज

एजेन्सी । गेडागुडी हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यो निकै स्वादिष्ट पनि हुन्छ । सिमीको बीज पनि यी मध्ये एक हो, जुन वास्तवमा फल हो, जसलाई धेरै लाभदायक तरकारी मानिन्छ ।

मटर जस्तो देखिने सिमीको बीजको स्वाद कसैलाई मन नपर्ने भएता पनि राम्ररी पकाउने हो भने यसको तरकारी निकै स्वादिष्ट हुन्छ । यसका साथै यसमा पाइने औषधिय गुणले यसलाई अझ फाइदाजनक बनाउँछ ।

आज हामी यसका फाइदाबारे जानौं ।

पाचनमा सुधार

फाइबरले भरपुर सिमीको बीजले पाचन सम्बन्धी समस्याबाट छुटकारा दिन्छ र पाचन शक्ति पनि बढाउने काम गर्छ ।

तौल घटाउन सहयोगी

यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने सिमीको बीज उत्कृष्ट विकल्प हो । यसमा पाइने फाइबरले तपाईंलाई लामो समयसम्म पेट भरिएको महसुस गराउँछ । जसले बारम्बार भोक लाग्न दिँदैन र धेरै खानबाट बचाउँछ ।

अनिद्राको उपचार

सिमीको बीजमा पाइने म्याग्नेसियमले अनिद्रा हटाउन मद्दत गर्छ । यदि तपाईं पनि अनिद्राको समस्याबाट हैरान हुनुहुन्छ भने यसको नियमित सेवनले फाइदा पुग्नेछ ।

एनीमियाबाट छुटकारा

सिमीमा पाइने आइरनले हेमोग्लोबिनको स्तर नियन्त्रण गर्न र एनिमिया हुनबाट बचाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved