काठमाडौं । महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । नयाँदेखि स्थापित कलाकारसम्मले पछिल्लो समय धमाधम तीजका गीत सार्वजनिक गरिरहेका छन् ।
यसै क्रममा विपीन केसीको शब्दमा सजिएको ‘अमेरिका मेरो बुढा छ’ गीत सार्वजनिक गरिएको छ । युवा व्यवसायीसमेत रहेका गीतकार केसी लामो समयदेखि निरन्तर गीत लेखनमा सक्रिय छन् ।
यसपटक सार्वजनिक उक्त गीतमा जय देवकोटा, रेजिना परियारको संयुक्त आवाज सुन्न सकिन्छ । गीतको भिडियोमा चर्चित मोडल शंकर बिसी, उषा सुवेदीलगायत कलाकारको बेजोड प्रस्तुति देख्न सकिन्छ । गीतको अडियो र भिडियोले दर्शकको ध्यान खिचेको छ ।
मदन खड्का, शिवजी क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । प्रकाश खड्काको सिनेम्याटोग्राफी रहेको गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।
१२ मिनेटभन्दा लामो गीतको म्युजिक जय देवकोटाले गरेका छन् भने कृष्ण केसीले यसको एरेन्ज गरेका छन् ।
Facebook Comment
Comment