नर्भिक अस्पतालले भन्यो, ‘सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको हो, महानगरको निर्देशन आपत्तिजनक छ’

सरकार र नर्भिक अस्पतालबीच भएको सम्झौतापत्रसहित

नेपालभ्युज

नर्भिक अस्पतालले भन्यो, ‘सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको हो, महानगरको निर्देशन आपत्तिजनक छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाले टहरा भत्काउन दिएको निर्देशनप्रति नर्भिक इन्टरनेसनल हस्पिटल प्रालिले आपत्ति जनाएको छ । महानगरले मापदण्ड मिचिएको भन्दै सोमवार पत्र लेखेर टहरा भत्काउन निर्देशन दिएको थियो । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी महानगरले कार्यक्षेत्र मिचेर बदनियतपूर्ण ढंगले टहरा भत्काउन निर्देशन दिएको भन्दै आपत्ति जनाएको हो ।

अस्पतालका अध्यक्ष राजेन्द्रहादुर श्रेष्ठले भूमिसुधार कार्यालयसँग सहमति गरेरै टहरा बनाइएको भन्दै सोही निकायबाटै भत्काउन निर्देशन आए पालना गर्न तयार रहेको बताए । उनले भने, ‘ सम्झौता अनुसार टहरा भत्काउन तीन महिनाको समय दिनुपर्छ, हामी कानून मान्न तयार छौँ, आजको आजै भत्काउँ भन्न भएन ।’ उनले महानगरले एक्कासी भवन भत्काउन लगाएको भन्दै ‘के कारण त्यसो गरियो भन्दै प्रश्न पनि गरेका छन् । सरकारले निर्देशन दिए तीन महिनाभित्र जग्गा खाली गर्न तयार रहेको भन्दै श्रेष्ठले यसमा महानगरले निर्देशन दिन नमिल्ने बताए ।

यसअघि काठमाडौँ महानगरपालिकाले २४ घण्टाभित्र उक्त टहरा हटाउन निर्देशन दिएको थियो। नर्भिक अस्पतालले भाडामा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै संरचना २४ घण्टाभित्र हटाउन महानगरपालिकाले सोमबार पत्र पठाएको थियो ।

पत्रकार सम्मेलनमा वितरण गरिएको सम्झौतामा सरकार र नर्भिक अस्पतालबीच उक्त जग्गा भाडामा लगाएको उल्लेख छ । यदि सरकारले जग्गा खाली गर्नुपरेमा तीन महिना अगावै सूचना दिनुपर्ने पनि सम्झौतामा लेखिएको छ ।

अस्पताल र सरकारबीच भएकाे सम्झौता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved